Column Right

सुन्दर र जवान देखिने उपायहरुः


मानिस स्वभावैले आफूलाई सुन्दर देखाउन चाहन्छ । यही चाहनाअनुरुप आफूलाई सुन्दर र जवान बनाइराख्न हरसम्भव प्रयास गरिरहेको हुन्छ । सुन्दर भन्नेबित्तिकै धेरैजसो मानिसले राम्रो अनुहारलाई मात्र बुझ्ने गरेका छन् । तर, अनुहार मात्र हेरेर सुन्दरताको मापन हुँदैन ।
सुन्दर र जवान देखिन शीरदेखि पाउसम्म मात्र होइन, सोंचमा पनि सुन्दरता झल्किएको हुनुपर्छ । अनुहारका साथसाथै, कपाल, नङ, लवाई इत्यादिले सुन्दर बन्न सघाउँछ । अनुहार मात्र हेरेर सुन्दरताको मापन हुँदैन ।

के गर्ने ?
ठिक समयमा सुत्ने
शरीरलाई एकदम सुन्दर बनाउन सबैभन्दा पहिला सुत्ने समय ठिक हुनुपर्छ । वयस्क व्यक्तिले दैनिक ६ देखि ८ घन्टा सुत्नुपर्छ । जसले हाम्रो शरीरलाई फ्रेस बनाउँछ । बेलुका चाडै सुत्ने र बिहान चाँडै उठ्ने बानी बसाल्नुपर्छ । दैनिक सुत्ने समय एउटै बनाए मात्र हाम्रो शरीर र अनुहारको लागि राम्रो हुन्छ । शान्त वातावरणमा सुत्ने गर्नुपर्छ ।

सन्तुलित भोजन गर्ने
सन्तुलित भोजन भन्नाले शरीरलाई सक्षा गर्ने खानालाई बुझ्नु पर्छ । सन्तुलित भोजन मिलाएर गर्नु शरीरका लागि फाइदाजनक छ । सकेसम्म बढी मात्रामा सरियो साग, फलफुल, बदाम, काजु, ओखर, आल्मन भएका खानेकुरा दैनिक सेवन गर्नुपर्छ। जसले गर्दा शरीर सुन्दर र जवान देखिन्छ । एन्टिअक्सिजन भएका खानेकुरा जस्तैः ग्रिन टि, सुगर फ्रि बढी मात्रामा खाने गर्नुपर्छ । रक्सी, कोल्डड्रिङ्स, वाइन, जस्ता पेय पदार्थ घटाउने । क्याफिन, कफीको मात्रा कम गर्नुपर्छ ।

घामबाट जोगिने
जहिले पनि घाममा निस्कनु अगाडि सन्सक्रिम लगाउनुपर्छ । दैनिक रुपमा १५ देखि २० एसपिएस भएको क्रिम चारदेखि पाँच पटक लगाउनुपर्छ, जसले मुहारलाई सधैं चमक दिन्छ ।

धूमपान नगर्ने
धूमपानले श्वासप्रश्वासलाई मात्र नभएर अनुहारलाई पनि असर गर्छ । त्यसैले सधैं सुन्दर र जवान देखिन धूमपान गर्नु हुँदैन ।

शारीरिक व्यायाम गर्ने
बिहान कम्तीमा ३० मिनेट व्यायाम गर्नुपर्छ । शारीरिक व्यायाम भन्नेबित्तिकै कुद्नैपर्छ भन्ने छैन । विस्तारै हिँडडुल गर्ने, घरको तलमाथि गर्ने गर्नुपर्छ । दैनिक ४ देखि ६ लिटर पानी पिउनुपर्छ । पानीले अनुहारमा आएका पिम्पलहरु घटाउने काम गर्छ र व्यायामले शरीरलाई फ्रेस बनाउनुका साथै शरीर स्वस्थ राख्न मद्दत गर्छ ।

अनुहारमा साबुनको प्रयोग नगर्ने
साबुनमा बढी मात्रामा फिँज हुने भएकोले अनुहारमा साबुन नलगाउँदा राम्रो हुन्छ । साबुनले छाला सुख्खा हुने र चाँडै चाउरिने समस्या देखिन्छ । साबुनको सट्टा सलफेट फ्रि फेसवास गरी सन्सक्रिम लगाउनु उपयुक्त हुन्छ । यसले छालालाई नरम बनाउनुका साथै चमक दिने काम गर्छ ।

केमिकलको प्रयोग नगर्ने
कतिपय क्रिममा केमिकलको मिसावट भएको पाइन्छ । त्यस्ता क्रिमको प्रयोगले हानि पु¥याउँछ । साथसाथै अनुहारमा पाउडर प्रयोग गर्नुहुँदैन । पाउडरले अनुहारलाई सुख्खा बनाउँछ र चाँडै चाउरी बनाउँछ ।

घोप्टो परेर नसुत्ने
सुताइले सुन्दरतालाई धेरै प्रभाव पारिरहेको हुन्छ । त्यसैले सुत्दा विशेष ध्यान दिनु जरुरी छ । घोप्टो परेर सुत्ने गर्दा अनुहारमा पिम्पल आउने गर्छ । नरम खालको सिरानीको प्रयोग गर्नु राम्रो मानिन्छ ।

साबुनले मुख नधुने
साबुनले छाला सुख्खा हुने र चाँडै चाउरिने समस्या देखिन्छ । साबुनको सट्टा सलफेट फ्रि फेसवास गरी सन्सक्रिम लगाउनु उपयुक्त हुन्छ । यसले छालालाई नरम बनाउनुका साथै चमक दिने काम गर्छ ।

No comments