Column Right

रोगका लागि रामवाण दुबो

 तुलसी, बेलपत्ता, पिपल, सयपत्री र दुबोजस्ता बिरुवालाई पवित्र बिरुवा मानिन्छ । यी बिरुवाको पात पूजाआजामा प्रयोग हुन्छ । यी सबै औषधीय गुणले भरिपुर्ण हुन्छ ।
दुबो (ऋथलयमयल मबअतथयिल) एक चिरस्थाई प्रशारराशील राम्रो घाँस हो । दुबो हामी सबैको लागी परिचित झार हो । यसलाई नदेख्ने सायदै कोही होलान । यो हाम्रो घर वरिपरिको आगनमा उम्रिरहेको हुन्छ । यो जताततै पाईन्छ । हिन्दु धर्ममा यसलाई विभिन्न पाठपुजा गर्दा प्रयोग गर्ने गरिन्छ । त्यसैले यसको महत्व छुट्टै छ । यसलाई आयुर्वेदमा औषधी बनाउनको लागी प्रयोग गर्ने गरिन्छ । दुबो हाम्रो स्वास्थ्यको लागी निकै महत्वपुर्ण रहेको छ ।
दुबोमा बिटा सिटोस्टिरल, बिटा केरोटिन, भिटामिन सी, केरोटिन्स, ग्लुकोसाईड, पामिटिक अम्ल, ट्रायटपेनोईड, एरन्ड्रोइन, फेरुलिक मोनो तथा ओलिगो सेकेराईड पाईन्छ । यसको महत्वको बारेमा हामीलाई त्यति थाहा नभएकाले यसलाई हामी एउटा घाँसको रुपमा मात्र लिने गर्छौं । यदि हामीलाई यसको उपयोगको बारेमा थाहा हुने हो भने यो हाम्रा लागी विभिन्न रोगको औषधि हुन्छ ।
औषधीय गुण नेत्ररोग, नाथ्री फुटेमा, अतिसार, छाती पोलेमा, मधुमेह, क्यान्सर, नपुङ्सकता, रक्तप्रदर, लुतो र जिउ चिलाउने, सुजन (सुन्निने) रक्तसाधक, वमननाशक, पिसाब पोलेको र पिसाबमा रगत आएमा, अपस्मार (मुर्छा), व्रण रोपण (घाउ पुर्ने) पथरी, पुरानो प्रमेह रोग उपचार गर्न प्रयोग गरिन्छ ।
दुबोले स्वास्थ्यमा पु¥याउने फाइदाहरु यस्ता छन् ः
१) दुबोको रसमा पोषक तत्व हुने भएकाले यो स्वास्थ्यका लागि त्यसैपनि फाइदाजक छ ।
२) कब्जियत, कलेजोको रोग, यौनरोगमा दुबो अत्यान्तै लाभदायक हुनछ ।
३) शरीरको विकार हटाउँछ ।
४) यसले रगतलाई शुद्धिकरण गर्न सघाउँछ ।
५) पिसाबमा खराबी छ भने दुबोको रस फाइदाजनक हुन्छ ।
६) नाकको समस्या पनि दुबो लाभदायक हुन्छ ।
७) सामान्य अवस्था वान्ता भए, नाथ्री फुटे, छाती पोले, जिउ चिलाए, शरीरको कुनै भाग सुन्निएमा दुबोको प्रयोग गर्न सकिन्छ ।

No comments