Column Right

त्यो अविस्मरणीय स्पर्श


 म १५ वर्षकी हुँदा ऊ र म सँगै सात कक्षामा पढ्थ्यौं । एकअर्कालाई माया गर्छौं –यो हामी दुवैलाई थाहा थियो । तैपनि लामो समयसम्म बोलचाल भने भएको थिएन । साथीहरू जिस्क्याउँथे, उनीहरूका अगाडि त झनै बोल्न सक्दैनथ्यौं । स्कुल नजिकैको चौतारीमा मनका भावना आँखाआँखामा साटासाट गथ्र्यौं । नबोले पनि चिठी भने थुप्रै आदानप्रदान भइसकेको थियो ।
दुवैका चिठीमा ‘म तिमीबिना बाच्न सक्दिन’ जस्ता शब्द लेखिएका हुन्थे । ‘पारिवारिक कारणले बिहे हुन नसके हामी भागेर भए पनि बिहे गर्ने है’ –चिठीमा यसो पनि लेखेका हुन्थ्यौं । म कविता लेखेर उसलाई मक्ख पारिदिन्थे । एउटा चिठीमा लेखेकी थिए– ‘बोलीमा होइन प्रिय, तिम्रो मीठो मुस्कानमा दिल चिर्ने छुरा छ, चाहेर पनि सहनुपर्ने भो प्रिय दुःखको एउटा कुरा छ ।’ कविता सिर्जना गर्ने भएकाले यस्ता भावना थुप्रै लेखिएका हुन्थे, मैले उसलाई पठाउने चिठीमा । ऊ पनि के कम, रगतले लेखिएको चिठी पठाउथ्यो । मेरो नजरमा ऊ ‘हिरो’ भइहाल्थ्यो । पहिलोचोटि डेटिङ जानुअघि खोलावारि र पारिबाट एकअर्कालाई हेराहेर गरिरहन्थ्यौं । आँखा जुधाएर प्रेमको अनुभूति पूरा गथ्र्यौं । ऊ स्कुलमा नहुँदा मलाई पढ्नै मन लाग्दैनथ्यो ।
हामी पहिलोचोटिको डेटिङ स्थानीय मरिन खोलामा गएका थियौं । त्यहाँ पुग्दा दुई बजेको हुँदो हो, चार घन्टा सँगै बितायौँ । स्कुल सँगै भए पनि गाउँ भने फरक थियो । मलाई ‘सानू’ भनेर बोलाउँथ्यो, अहिले पनि कसैले त्यसो भने झस्कने गर्छु । पारिवारिक अवस्था अनि बाध्यताका कुरा सुनाउथ्यो अनि भन्थ्यो– ‘हेर सानू, तिमी मेरो भइनौ भने त म जीवनभरि नै बुढाकन्ने बस्छु’ यसो भन्दै गर्दा ऊ मेरो कपाल सुम्सुम्याइरहेको हुन्थ्यो । त्यसो गर्दा ममा कता–कता सेक्सको चाहना नउर्लेको होइन । उसले पनि त्यो चाहना व्यक्त गरेको थियो ।
पहिलो डेटिङ, कताकता डर पनि लागिरहेको थियो, त्यसैले नचाहेर पनि उसको चाहनालाई प्रतिवाद गरे, आफूलाई सम्हाले । तर, त्यसपछिका डेटिङमा भने हामीबीच सेक्स सम्बन्ध नभएको होइन । सेक्स लुकाएर गरिने भएकाले मात्र, नत्र त यो ‘कमन’ चिज नै हो जस्तो लाग्छ । त्यसपछि हामी हप्तामा एकचोटि डेटिङ जान्थ्यौं । त्यो खोलाको सम्झना साह्रै मीठो लाग्छ, जहाँको एकान्तमा हामी घन्टौं  बिताउँथ्यौं । त्यो खोलाले हामीलाई लुकामारी खेलाएको अहिलेजस्तै लाग्छ । त्यो पहिलो डेटिङ मेरा लागि अविस्मरणीय क्षण बनेको छ । अहिले पनि याद आउँछ ती दिन, ती पलको ।

1 comment:

  1. Titanium vs Tungsten - TITIAN LIGA, UNITED
    Tinksten. Designed titanium curling iron for use with a high-tech titanium ring device that offers man titanium bracelet an ultra-long-lasting, high performance performance graphite for the metal core. Material-wise,  Rating: 5 black titanium · ‎1 review · ‎$99.00 tittanium · ‎In stock

    ReplyDelete